उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

काठमाडौं । उम्मेदवारी खारेजीको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरी सर्वोच्च अदालत पुगेका छन् ।

निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै चौधरीले कैलाली क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्णय बदर गर्न माग गरेका हुन् । साथै, उम्मेदवारी यथावत् राखी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने उनको माग छ ।

चौधरीको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने तय भएको छ ।

जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कसुर र कैदको अभिलेख कायम रहने आधार देखाउँदै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *