काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग अभियोग संशोधनको कारण पेस गर्न तथा छलफलका लागि उपस्थित हुन आदेश दिएको हो।
महान्यायाधिवक्ता कार्यालयको निर्णय गैरकानूनी र स्वेच्छाचारी भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले आदेश जारी गरेको हो।
Artha Sanjal






