सेयर कारोबार यो हप्ता पनि चार दिनमात्र

काठमाडौं । यो साता सेयर कारोबार चार दिनमात्र हुने भएको छ ।
आज सोमबार सोनाम ल्होसारको सार्वजनिक बिदा परेका कारण सेयर बजार बन्द रहनेछ । आइतबार सेयर बजार खुलेकोमा अब मंगलबार, बुधबार र बिहीबार कारोबार हुनेछ ।
गत साता पनि एक दिन सार्वजनिक बिदा परेका कारण चार दिनमात्र सेयर कारोबार भएको थियो। सामान्य अवस्थामा आइतबारदेखि बिहीबारसम्म साताको पाँच दिन सेयर कारोबार हुने गर्छ ।
पछिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा पुगेको छ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *