काठमाडौं । नेपाली कांग्रेसकाे गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । रिटको पेसी माघ ६ गते का लागि तोकिएको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । आजै सुनुवाइको माग गरिए पनि नियमावलीका कारण सम्भव नभएको सर्वोच्च प्रशासनले जनाएको छ ।
यसअघि देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको थियो । गगन थापा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्दै थापालाई सभापति बनाएको छ ।
Artha Sanjal






