आईएमई ग्रुपअन्तर्गतको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्याडिसनमा साधारणसभा आयोजना भएको हो।
सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ। उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गरिएकाे छ।
कम्पनीमा सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न–गाभिन वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरिएको हो।
सभामा बोल्दै सभाका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भए पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन कटिबद्ध रहेको र आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।







