काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएकी छिन् ।
पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन् ।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरु, राप्रपाका नेता, कार्यकर्ताहरु सहभागी भएका छन् ।







