विश्व हिन्दु महासङ्घका प्रतिनिधिले भेटे गृहमन्त्री

काठमाडौँ । विश्व हिन्दु महासङ्घका प्रतिनिधिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन् । बिहीबार गृह मन्त्रालयमा महासंघकी अध्यक्ष अस्मिता भण्डारी लगायतका प्रतिनिधिहरूले गृहमन्त्रीलाई भेटेर धार्मिक क्षेत्रको शान्ति सुरक्षाबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटमा गृह मन्त्री अर्यालले बहुसांस्कृतिक मुलुकमा कसैले अशान्ति फैलिने गतिविधि गरेमा कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने बताए ।

समाजमा धार्मिक आस्था र विश्वासलाई स्वीकार र सम्मान गर्दै सहिष्णुता कायम गर्न धार्मिक संघ संस्थाहरुको भूमिका महत्त्वपूर्ण हुने बताए ।

पछिल्लो समय धनुषा र पर्साको वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएपछि सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ ।

सामाजिक सञ्जालमार्फत सो विवाद फैलिएको थियो । त्यस्ता भ्रामक सूचनालाई नागरिक स्तरबाटै प्रतिवाद गर्न मन्त्री अर्यालले आग्रह गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *