संखुवासभाको खाँदबारी नगरपालिकामा स्थानीय चुनावको लागि रोचक देखिएको छ । यहाँ मेयरमा श्रीमान र उप मेयरमा श्रीमतीको उम्मेदवारी परेको छ ।
स्थानीय तह निर्वाचनको लागि खाँदबारी नगरापलिकाको मेयर उपमेयर बन्न श्रीमान श्रीमती कै उम्मेदवारी परेको हो । राजनीति लागेपछि पनि निर्वाचनमा टिकट नपाएपछि कसैले बागीको बाटो समेत रोजेका छन् । भाग्यमानी दम्पतीले यस्ता छन्, जसका श्रीमान–श्रीमती दुवैले टिकट पाएका छन् ।
जनता समाजबादी पार्टीले खाँदबारी नगरपालिकाको मेयरमा सिताराम तिम्सिना र उपमेयरमा मैयाँ देवी चिमरियाले उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिताराम र मैयाँ देवी श्रीमान र श्रीमतीको नै उम्मेदवारी परेको हो । मेयर पदका उम्मेदवार बनेका तिम्सिना जनता समाजबादी पार्टीको संघीय परिषदको केन्द्रिय सदस्य हुन् । पार्टीले जिम्मा दिएपछि श्रीमान–श्रीमतिले नै एउटै पार्टीबाट एउटै पालिकामा उम्मेदवारी दिएको तिम्सिनाले बताए ।
खाँदबारी नगरपालिका मेयरका लागि लागि ३ स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारी नगरपालिका नगर प्रमुखमा पाँच दलिय गठबन्धनबाट मेयर पदमा नेपाली काँग्रेसका महेश थपलिया,उपमेयरमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालको उम्मेदवारी परेको छ । मेयर पदका लागि नेकपा एमालेबाट जीतबहादुर घिमिरेको उम्मेदवारी परेको छ ।
त्यस्तै गरी राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोचार्का हेमकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्र बाट प्रविन कार्की,सुदिप गुरुङ र खड्ग बहादुर दमाईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै गरी उपमेयरमा एमालेबाट महेश्वरा बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिरादेवी श्रेष्ठ र उम्मेदवारी परेको छ । खाँदबारीमा ५७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको छ ।







