काठमाडौँ । एनएमबि बैंकले आफ्नो ३०औँ वार्षिक साधारण सभा बिहीबार सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित सभाले सेयरधनीहरूका लागि आकर्षक लाभांश प्रस्ताव पारित गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २०८२ असार मसान्तसम्ममा एनएमबिले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यस अवधिमा बैंकले २८३.६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४३.३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
Artha Sanjal






