सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ९० करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.५९ अंकले बढेर २,६४० को विन्दुमा कायम भएको छ । आज १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ९० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । यस कम्पनीको २० करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.१६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *