अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणबारे बोल्यो नेपाल

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति दम्पतीलाई अमेरिकाले नियन्त्रणमा लिएको विषयमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।

नेपालले अमेरिका र भेनेजुएलाबीचको तनावबारे चासो व्यक्त गर्दै नेपालले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेको छ । विभिन्न मुलुकहरुले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *