आज नेप्सेमा सामान्य अंकले बृद्धि

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बुधबार सामान्य अंकले बढेको छ ।  नेप्से ५.१७ अंकले घटेर दुई हजार ३ सय ७६ दशमलब १७ विन्दुमा पुगेको हो ।

मंगलबार नेप्से १५.२ अंकले घटेर दुई हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको थियो ।  आज नेप्सेमा एक अर्ब ८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो  ।

आज कारोबार भएका १०८ कम्पनीको शेयरमूल्य बढेको छ भने ६९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०३८.८० रुपैयाँ पुगेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ ।  कम्पनीको आज ५ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *