काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको पुष १८ गते सम्पन्न भएको साधारण सभाले सेयरधनीहारुलाई जम्मा ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको हो ।
सभाले बैंकका शेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा बैंक वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त, सभाले बैंकको आ.व. २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको गत आ.व. २०८१ / ८२ को वार्षिक आर्थिक विवरण पारित गरेको छ ।
साधारण सभाले बैंकको सहायक कम्पनी नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लि. को आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको एकीकृत (consolidated )वित्तीय विवरण स्वीकृत गरेको छ ।
सभाले आ.व. २०८२र८३ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि. आर. उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।







