सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबार भने चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा खरिद–बिक्री भएको थियाे ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *