राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा विराटनगरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र  बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा राष्ट्र बैंकका कर्मचारी, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी ३१ जनाले रक्तदान गरेका छन् ।

बैंकले वार्षिकोत्सवका अवसरमा फुटसल, हाजिरीजवाफ,ब्याडमिन्टन, टेवल टेनिस, बाल चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *