जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको पूर्वगृहमन्त्री लेखकको दाबी

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् ।

आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूबाट लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको गोली प्रहार वा बल प्रयोगसम्बन्धी आदेश नदिइएको दाबी गरे ।

मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने, कुनै खालको लिखित मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण छैन । दिनुपर्ने कानुनी व्यवस्था छैन,’ लेखकले भने ।

पूर्वगृहमन्त्री लेखकले आफू अत्यन्तै पीडामा रहेर पदीय मर्यादा कायम राख्न राजीनामा दिएको जिकिरसमेत गरे । जेनजी आन्दोलनको क्रममा भएको घटनालाई लिएर विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला उनले आयोगसमक्ष आफ्नो धारणा स्पष्ट पारेका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *