भुजुङ हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडाैं । भुजुङ हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीले पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ रकमबराबरको रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री खुलाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *