काठमाडाैं।सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको यही पुस ३ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।







