काठमाडौं। कांग्रेस नेतृ आरजु राणा देउवाले आफ्नो घरमा पैसा जलेको भनेर अफवाह फैलाइएको दाबी गरेकी छन्। जेनजी आन्दोलनको २४ भदौका दिन बूढानीलकण्ठस्थित देउवा निवास (शेरबहादुर देउवा र आरजु राणा देउवा) निवासमा आगजनी हुँदा नगद जलेको भिडियाे बाहिरिएको थियो।
सोही विषयमा सर्वोच्च अदालतमा लिखित बयान दिँदै उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका ती विषयहरू सबै अफवाह भएको दाबी गरेकी हुन्।
Artha Sanjal






