काठमाडौं । नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ सुरुमै धर्माराउदा १११ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेल ९ ओरभको पाँचौ बलमा पुग्दा काठमाडौंले सुरुवाती ५ ब्याटर ५० रनको दयनीय अवस्थामा सस्तैमा गुमाएको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले सुरुवातदेखि नै लय बिगारेर १९ ओभरमा ११० रन बनाउँदै सबै विकेट गुमाएको हो । यो जारी सिजनकै सबैभन्दा कमजोर लक्ष्य हो । यसअघि लिग चरणको २७ औं खेलमा चितवन राइनोजले पोखराविरुद्ध १२० रनको लक्ष्य दिएको थियो ।
काठमाडौंका दुवै ओपनरले दोहोरो रन बनाउन सकेनन् । पहिलो विकेटका रुपमा दोस्रो ओभरमा आउट भएका आकाश त्रिपाठीले ५ बलमा १ रन जोडे । चौथो विकेटका रुपमा ४ ओभरको पहिलो बलमा आउट भएका बेन चाल्सवर्थले ४ रन बनाए । उनले ५ बल सामान गरे ।
पहिलो विकेट गुमेपछि क्रिजमा आएका सन्नी पटेल तेस्रो दोस्रो विकेटका रुपमा ७ रन जोडेर सस्तैमा आउट भए । उनी ६ बल सामाना गरेर २ ओभरको पहिलो बलमा आउट भए । तेस्रो विकेटका रुपमा मिलिन्दा कुमार ८ बल सामना गरेर २ रन बनाएर आउट भए ।
१० औं ओभरमा लुम्बिनीका रोहित पौडेलले २ विकेट लिए । उनले ९ ओभरको पहिलो बलमा भीम सार्की र पाँचौ बलमा जोन सिम्पसनलाई आउट गराए । भीमले १६ बलमा १४ र सिम्पसनले १७ बलमा १८ रन जोडे । ६ विकेटको क्षतिमा ५१ रनको संकटपूर्ण अवस्थामा थियो ।






