भारतमा ओला इलेक्ट्रिकले १४४१ वटा ई–स्कुटर बजारबाट फिर्ता गरेको छ । सवारीसाधनमा आगलागीका घटनालाई ध्यानमा राखेर यो कदम चालिएको कम्पनीले जनाएको छ । कम्पनीले पुनेमा मार्च २६ मा भएको आगलागीको घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानले यो एक्लो घटना भएको बताएको छ ।
भविष्यमा यस्तो घटना नदोहोरियोस् भनेर कम्पनीले ई–स्कुटरको पुनः जाँच गर्ने जनाएको छ । ओला इलेक्ट्रिकले यी स्कुटरलाई हाम्रा इन्जिनियरहरूले परीक्षण गर्ने बताएको छ । ओला इलेक्ट्रिकले आफ्नो ब्याट्री प्रणाली पहिले नै मापदण्ड अनुसार डिजाइन गरिएको बताएको छ । युरोपेली मानक इसीइ १३५ का अतिरिक्त नयाँ प्रस्तावित मानक समेतको लागि परीक्षण गरिएको छ ।
हैदरावादको इभी कम्पनी एगचभ भ्ख् ले ई–स्कुटरका २,००० इकाइहरू फिर्ता बोलाएको छ । पियोर इभी एगचभ स्कुटरले पछिल्लो समय तेलंगाना र तमिलनाडुमा धेरै आगलागीका घटनाहरू भएका थिए । यही गल्तीका कारण कम्पनीले यस्तो कदम चालेको हो ।
यस बाहेक हालै जितेन्द्र ईभीका २० वटा विद्युतीय स्कुटरमा आगलागी भएको थियो । ओकिनावा र ओलाका ई–स्कुटरहरूमा आगलागीका घटनाहरू पनि भएका छन् । केही समयअघि ओकिनावाले पनि आफ्ना ३ हजारभन्दा बढी विद्युतीय स्कुटर फिर्ता बोलाएको थियो । विद्युतीय गाडीमा आगलागी हुनुको मुख्य कारण ब्याट्री रहेको देखिएको छ । विद्युतीय मात्र नभई डिजेल–पेट्रोलका सवारी साधनमा पनि ५–८ प्रतिशत आगलागी ब्याट्रीका कारण हुने बताइएको छ ।