नेशनल लाइफ इन्स्योरेन्सद्वारा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभाध्यक्षतामा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट चयन भएका ११५ जना तथा सुदूरपश्चिम प्रदेशबाट चयन भएका १६१ जना अभिकर्तासहित विभागीय प्रमुख, प्रदेश प्रमुख र लुम्बिनी प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। योग्य अभिकर्ताहरूलाई सिईओ क्लबको सदस्यता वितरण गर्दै विशेष सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

समारोह पानसमा दीप प्रज्वलनसँगै प्रारम्भ गरिएको थियो। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आफ्नो कोड तथा संजालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष रुपमा पुरस्कृत गरिएको छ। साथै नेशनल रत्न तथा नेशनल स्टार उपाधि विजेताहरुलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य अभिकर्ताहरुलाई प्रदेशस्तरीय सम्मान कार्यक्रम निरन्तर सञ्चालन भइरहेको बताउँदै गण्डकी प्रदेशमा पहिलो चरण सम्पन्न भइसकेको तथा दोस्रो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको जानकारी दिए। उनले कम्पनीले अभिकर्तामैत्री योजनाअन्तर्गत ल्याएको सिईओ क्लब सदस्यता योजनामा देशभरबाट १६०० भन्दा बढी अभिकर्ताको छनोट हुनु योजनाको सफलताको प्रमाण भए­को बताए।

कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले जीवन बीमा व्यवसायमा आवश्यक ज्ञान, सीप तथा प्रभावकारी ग्राहक सम्पर्क क्षमतासम्बन्धी तालिम प्रदान गरेका थिए।

अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण पाउनु स्वयंलाई व्यवसायिक रूपमा अघि बढ्न प्रेरणा बनेको तथा प्रमुख कार्यकारी अधिकृतबाट पाएको सम्मानले आफ्नो मेहनतको कदर भएको अनुभूति दिलाएको बताउँदै कृतज्ञता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *