काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ४ बुँदे मागपत्र बुझाएको छ ।
पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी बुधबार जेनजी जनआन्दोलनको सम्बोधन, आर्थिक तथा सामाजिक न्याय, सुशासन र आसन्न निर्वाचन सुधारसँग सम्बन्धित मागहरू समेटिएको पत्र पेस गरेको हो ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा मुख्यगरी हालै उठेको ‘जेनजी जनआन्दोलन’ को म्यान्डेटलाई स्वीकार गर्दै आन्दोलनकारी शक्तिहरूसँगको सम्झौतापत्रमा तत्काल हस्ताक्षर गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।










