राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेका उनको सचिवालयले जानकारी दिएकाे छ। भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद बिचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएकाे जनाइएकाे छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *