शेयर बजारमा झिनो गिरावट, ४ अर्ब ४८ करोड कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा बन्द भएको छ ।

आज ३२४ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ कारोबार भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङगल हाइड्रोपावर र श्रीनगरका लगानीकर्ताले कमाएका छन् । आज पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *