स्प्यारो एसएमएस बन्यो आधिकारिक मेटा टेक प्रोभाइडर, WhatsApp Business Messaging Platform सार्वजनिक

काठमाडाैं । जानकी टेक्नोलोजी प्रा.लि अन्तर्गतको SparrowSMSले Meta Tech Providerको मान्यता प्राप्त गर्दै WhatsApp व्यवसायिक सन्देश सेवा औपचारिक रूपमा उपलब्ध गराएको छ । यो उपलब्धिले नेपाली व्यवसायलाई WhatsAppमार्फत ग्राहकहरूसँग अझ सरल, विश्वसनीय र प्रभावकारी संवाद गर्न मद्दत गर्ने जनाइएको छ ।

Meta Tech Provider बनेसँगै अब SparrowSMS मार्फत WhatsApp Embedded Sign-Up सुविधा उपलब्ध भएको छ, जसले WhatsApp API सेटअप प्रक्रिया नेपालमै द्रुत, सहज र स्थानीय आवश्यकताअनुसार अनुकूलित बनाएको छ। साना खुद्रा व्यवसायदेखि ठूला उद्योगसम्म सबै व्यवसाय अब WhatsApp Business Messaging सरलतापूर्वक सुरु गर्न सक्छन्।

SparrowSMS WhatsApp Platform का प्रमुख सुविधाहरू:
WhatsApp Embedded Sign-Up — Meta मार्फत सीधा दर्ता
Blue Tick Verification — ब्रान्डको विश्वसनीयता सुनिश्चित
Bulk WhatsApp Broadcast — धेरै प्रयोगकर्तासम्म तुरुन्त सन्देश
Campaign Analytics र Retargeting — सन्देश प्रभाव मापन र सुधार
Multi-Agent Live Chat — वास्तविक समयमा ग्राहक व्यवस्थापन
No-Code Chat Flow Builder — कुनै प्राविधिक ज्ञान बिना नै स्वचालित संवाद निर्माण
यी सुविधाहरूले व्यवसायलाई ग्राहक अनुभव सुधार गर्न, स्वचालनमार्फत कार्यक्षमता बढाउन, र दिगो ग्राहक सम्बन्ध निर्माण गर्न मद्दत गर्छन्।

SparrowSMS का CEO मनोज थापा भन्छन्, “Meta API मार्फत प्रदान गरिएको हाम्रो WhatsApp सेवा सरल, द्रुत र अत्यन्त प्रभावकारी छ। यसले खुद्रा व्यापारदेखि ठूला उद्योगसम्मका सबै व्यवसायलाई ग्राहक सम्पर्क अझ सहज र प्रत्यक्ष बनाउन सहयोग गर्छ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *