काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो अर्थात आइतबार यस्तो सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ।







