बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदी तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *