नेपालले बंगलादेशलाई ६० मेगावाट विद्युत निर्यात गर्ने

काठमाडौँ । नेपालबाट बंगलादेशले ६० मेगावाट विजुली किन्ने सहमति भएको छ । बिहीबार बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७ औं बैठकमा यस्तो सहमति गरेको हो । हाल नेपालले बंगलादेशमा ४० मेगावाट निर्यात गरिरहेको छ । भने सहमतिपछि थप २० मेगावाट थपिने समितिको बैठकले जनाएको छ ।

त्यस्तै सो बैठकले सुनकोसी ३ जलविद्युत आयोजनाको लगानी र आयोजना मुल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी प्रक्रिया अगाडी बढाउने सहमति पनि भएको छ । त्यस्तै सोही बैठकले सो आयोजनाको जेभिए पनि छिटो टुंंग्याउने सहमति भएको छ ।

नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढ-ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्मका प्रसारण लाइनमार्फत विद्युत् निर्यात अध्ययन गर्ने सहमति समेत बैठकमा भएको छ । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवद्र्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति पनि भएको छ । उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *