नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) ले आठौं महिला–युवा उद्यमी सम्मेलन (वाइ.इ.एस.डब्लु.) २०२२ आयोजना गर्ने

नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) उद्यमशीलताको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो । यस संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ । सोही अन्तर्गत यही मिति २०७९ वैशाख १० गतेका दिन हायात प्लेश काठमाडौंमा यसै कार्यक्रमको आयोजना गरियोे । उक्त कार्यक्रमको समुद्घाटन माननीय उर्जा मन्त्री श्री पम्फा भुसाल बाट पानसमा बत्ति बालेर भएको थियो । सोहि अवसरमा मन्त्रि ज्युका तर्फबाट सम्पूर्ण युवा उद्धमीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना ब्यवसायीे शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न यूवा महिला तथा पुरुष उद्यमीहरुको, साथै उद्धमी बन्न चाहने बिधार्थीहरुको पनि सहभागिता रहेको थियोे । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यव्रmमको नारा “Beyond Barriersˮ  राखिएको थियोे । अन्तर्राष्ट्रिय मजदुर संगठन (ILO)  राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यक्रमको प्रायोजन गरी कार्यक्रम सफल बनाइएको थियो । सो कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुँवरले आफ्ना अनुभव, कार्यशाला तथा सारगर्भित मन्तव्य व्यक्त गर्नु भएको थियो । महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाँ उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेत को सहभागी रहेको थियो ।

One thought on “नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) ले आठौं महिला–युवा उद्यमी सम्मेलन (वाइ.इ.एस.डब्लु.) २०२२ आयोजना गर्ने

  1. I am extremely inspired together with your writing talents as smartly as with the format for your blog. Is that this a paid subject or did you modify it yourself? Either way keep up the excellent quality writing, it is uncommon to look a nice blog like this one nowadays!

Leave a Reply to affilionaire.org Cancel reply

Your email address will not be published. Required fields are marked *