पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

काठमाडौँ। पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँको बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

‘उहाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आएको थियो। प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भरखरै सकेको छ’ उनले भने, ‘अब शव पोस्टमार्टमका लागि लगिन्छ।’

खनियाँ रेडियो अडियोका सञ्चालक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *