नारायणी डेभलपमेन्ट बैंकको १.९३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९३ हजार ८९४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।

बैंकले यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्ने जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

लगानीकर्ताले बैंकको चितवन,टाँडीमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *