काठमाडौं । स्टेल ड्रिम पार्कको साधारण शेयर (आईपीओ) जारी हुने भएको छ । उक्त पार्ककको सञ्चालक कम्पनी आयु इन्टरटेनमेन्टले जारी पूँजीको २० प्रतिशतले हुनेगरी सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको दरले ३० लाख कित्ता शेयर निष्कासन हुनेछ । उक्त शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ ।
यसका लागि बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा दुई पक्षबीच बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्टका तर्फबाट अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।
Artha Sanjal






