काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनैपनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने कुरा सुनिश्चित गर्न सरकार सचेत रहेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघ, प्रदेश, स्थानीय सरकार र सम्बन्धित सबै पक्षसँग सहकार्य, प्रतिबद्धता र समर्पण आवश्यक रहेको बताए।
‘संकटमा रहेका वर्ग, क्षेत्र र समूदाय केन्द्रित पूर्वतयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु । शीतलहर र हिमपातका कारण कुनैपनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस्,’ उनले भने, ‘यसका लागि संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य, प्रतिवद्धता र समर्पणको अपेक्षा गरेको छु ।’







