सिद्दार्थ बैंकले पठायो लगानीकर्ताको खातामा लाभांश

सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न भएको केही घन्टामै शेयरधनीका बैंक खातामा नगद लाभांश पठाइदिएको छ। बैंकले कात्तिक ३० गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा सम्पन्न गरेको थियो।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो अनुसार बैंकले कर कटाएर नगद लाभांश शेयरधनीका बैंक खातामा आजै भुक्तानी गरेको हो।

नेपालका बैंक तथा वित्तीय संस्थामध्ये लाभांश घोषणा भएपछिको भुक्तानी प्रक्रियामा ढिलाइ हुने गरेको आलोचनाबीच सिद्धार्थ बैंकले साधारणसभा सकिएको दिनमै नगद लाभांश खातामा झिकिदिएर समयमै सेवा पुर्‍याएको मानिएको छ।

बोनस शेयरका लागि आवश्यक प्रक्रियासहित धितोपत्र बोर्ड र नेप्से प्रविष्टि पूरा भएपछि शेयरधनीको डीमैट खातामा स्वचालित रूपमा बोनस सेयर जमा हुनेछ।

बैंकले पछिल्लो वर्ष डिजिटल सेवा विस्तार, कर्जाको सन्तुलित पोर्टफोलियो व्यवस्थापन र चुक्ता पूँजी सुदृढीकरणमा अघि बढ्दै आएको बताइएको छ। हाल बैंकले देशभर २०० भन्दा बढी शाखा तथा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *