काठमाडाैं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले असोज मसान्तसम्म २ करोड ३० लाख रुपैयाँ घाटा ब्यहोरेको छ। गत असार मसान्तमा कम्पनी ८९ लाख २८ हजार नाफामा थियो।
कम्पनी घाटामा जानुको मुख्य कारण आम्दानीमा आएको ठूलो गिरावट हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ८१.४३ प्रतिशतले घटेर ५ करोड १६ लाख रुपैयाँमा झरेको छ। यद्यपि खर्च भने घटेर ७ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ। जुन गत असारमा २६ करोड ६४ लाख रुपैयाँ थियो।
पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ६ करोड १८ लाख रुपैयाँले ऋणात्मक बनेको छ भने अन्य रिजर्भमा ६ करोड २४ लाख रुपैयाँ छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वार्षिकिकरण गरिएको १५.३८ रुपैयाँले ऋणात्मक बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १००.०९ रुपैयाँ र प्रतिसेयरकुल सम्पत्तिको मूल्य २४२.१५ रुपैयाँ कायम भएको छ ।







