हिमालयन लाइफको नाफा १२ करोड ७७ लाख

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले २५ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४९.६५ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४७ करोड ४२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७७ करोड ६८ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ७३ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४६ करोड ६९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटीमा १४ करोड ४३ लाख रुपैयाँ थियो।

चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ८० अर्ब ३१ करोड ४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब २७ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५.५९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.६६ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.६५ रुपैयाँ रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *