नेप्सेमा सूचीकृत भएसँगै झापा इनर्जीको आईपीओ आइतबारदेखि कारोबारमा आउने

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झापा इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। आज शुक्रबार झापा इनर्जीको ३८ लाख १ हजार ९०० कित्ता शेयर सूचीकृत भएको हो।

झापा इनर्जीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता गरी कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले झापा इनर्जीको शेयरलाई पहिलो कारोबारका लागि १००.१२ रुपैयाँदेखि ३००.३६ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकिदिएको छ। आइतबार सोही रेञ्जको आधारमा स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएपछि दोस्रो बजारमा नियमित कारोबारमा आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *