कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट, प्रत्येक खाता खोलेबापत एक रुख रोपिने

काठमाडाैं । कुमारी बैंकले ग्रिन सेभिङस् डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।

‘एक खाता एक रुख’सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरुकोे पर्यावरण संरक्षण तथा प्रवद्र्धनमा अप्रत्यक्ष रुपमा सहभागिता रहनुका साथै खातावालहरुले निम्नानुसारका आकर्षक सुविधाहरु समेत प्राप्त गर्ने छन् ।

–साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर

–एक लाख सम्मको बिमा सुविधा

–दुई वर्ष सम्म निःशुल्क मोबाइल बैकिङ्ग सेवा

–दुई लाख सम्मको फोनलोन सुबिधा(योग्यताअनुसार)

–यस योजनाअन्तर्गत खोलिएका प्रत्येक खाताबापत एक रुख रोपिने

यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् ।

बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाईट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन् ।

बैंकले ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत  सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *