शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४१ करोड कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा बन्द भएको छ ।

आज ३२० कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माबिलुङ इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ८.१५ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *