शेयर बजारमा ८.२४ अंककाे गिरावट, ६ अर्ब ५ करोड माथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२. ८९ को विन्दुमा बन्द भएको छ ।

आज ३३३ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई ऋणपत्र २०८९ का इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै र्स्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *