अब तरुण दल चुप लागेर बस्दैन, आन्दोलनमा जान्छः विद्वान गुरुङ

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध युवाहरुको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

सोमवार स्थापना दिवसको अवसरमा अध्यक्ष विद्वान गुरुङले मुलुकको व्यवस्था जोगाउन र संगठनको अस्तित्व रक्षा गर्न अब चुप लागेर बस्न नसकिने बताएका छन्।

उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरुले आफूहरुको अस्तित्वमाथि नै धावा बोलिरहेको उल्लेख गर्दै तरुण दलका नेता, कार्यकर्तालाई सडक संघर्षका लागि तयार रहन निर्देशन दिएका छन्।

अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई झोलेको रुपमा चित्रण गर्ने काम भईरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरुले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *