काठमाडौं । नेपालको निर्जिवन बीमा क्षेत्रमा अब्बल रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त भएका छन् । कार्तिक २ गतेबाट लागू हुने गरी धुत नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनी निर्जिवन बीमा क्षेत्रका एक कुशल व्यवसाय रणनीतिकार तथा निर्जिवन बीमाको प्राविधिक विषयमा विशेष दख्खल रहेको व्यक्ति हुन् । ३० बर्षदेखि नेपालको निर्जिवन बीमा क्षेत्रमा कार्यरत धूत, Insurance Institute of India को Fellow Member रहेको छ भने Indira Gandhi National Open University (IGNOU)बाट बजार व्यवस्थापन बिषयमा स्नातकोत्तर गरेका छन् ।
उनले UNDP बाट Inclusive Insurance सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् ।







