काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज नियुक्त गर्न लागेकी ४ नयाँ मन्त्रीहरु शपथ साढे २ बजे हुने भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुको शपथको तयारी भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् ।
प्रधानमन्त्री कार्कीले ४ जना मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइसकेकी छन् ।







