गरिमा विकास बैंकले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले  कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप र लोगो फेर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्र/नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णयकोले कात्तिक १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू बैंकको उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *