काठमाडौं । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले आगजनी गरेको ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा आएको छ । ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा आगजनी भएको ४६५ मध्येको ४०१ वटा कार्यालय पुनर्स्थापना भैसकेको प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।
नेपाल प्रहरीमा अहिले ७९ हजार ५४१ जनशक्ति कार्यरत छन् । देशभरबाट ९३९ स्थानमा नयाँ प्रहरी इकाईको माग भएको उल्लेख गर्दै खापुङले भने– ‘हामीलाई थप २५ हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने कुरा गौरवको साथ जानकारी गराउन चाहन्छ ।’
प्रहरीको व्यवहारमाथि उठ्ने प्रश्न चिन्हलाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए ।
Artha Sanjal






