काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी यस वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।
७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले डीएसपी भण्डारीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
भण्डारीलाई विशेष रूपमा कोभर्ट अपरेशन (गुप्त अनुसन्धान) र जटिल आपराधिक घटनाको सफल अनुसन्धानमा अब्बल मानिन्छ । सीआईबीमा उनले नेतृत्व गरेको विभिन्न महत्वपूर्ण अनुसन्धान कार्यले प्रहरी संगठनभित्र उनको पहिचानलाई थप सशक्त बनाएको छ ।
कार्यक्रममा गृहमन्त्री अर्यालले अनुसन्धान कार्यको गुणस्तर वृद्धिमा भण्डारीको भूमिका प्रशंसनीय रहेको भन्दै भविष्यमा पनि यस्तै इमानदारिता र दक्षताका साथ सेवा दिन उनले अपेक्षा व्यक्त गरे ।






