सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

काठमाडौं । भदौ २४ गतेको तोडफोड, आगजनी र लुटपाटपछि स्थगित रहेका सर्वोच्च अदालतका सेवाहरू असोज २८ गतेदेखि आंशिक रूपमा सुचारु हुने भएका छन्।

असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा अब असोज २८ गते (मंगलबार) देखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।

प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *