काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र सम्पत्ति क्षतिमा संलग्न रहेको भन्दै नेविसंघले काठमाडौं र ललितपुर जिल्ला प्रहरी परिसरमा छुट्टाछुट्टै उजुरी दर्ता गरेको हो।
उनीहरूलाई विद्यार्थीलाई उक्साएको, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमा क्षति पुर्याएको तथा अराजक गतिविधि गराएको आरोप लगाइएको छ । उजुरीकर्तामा नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह छन्।
उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान सुरु गर्न माग गरेका छन् ।
यसअघि सुदन गुरुङसहितका युवाहरूले आफूहरूलाई आन्दोलनमा दमन गरिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध जाहेरी दिएका थिए । एमाले निकट अनेरास्ववियुले पनि गुरुङविरुद्ध उजुरी दिएको थियो ।







