एकैदिन सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *